(१) प्रधान न्यायाधीश र न्यायाधीशलाई सवारीको लागि सरकारी सवारी साधन एक र अनुसूची–१ मा उल्लेख भए बमोजिमको इन्धन तथा मोबिल उपलब्ध गराइनेछ ।
(२) उपदफा (१) बमोजिम उपलब्ध गराइएको सरकारी सवारी साधनको नियमित मर्मत, सम्भार तथा ग्रिजको बन्दोबस्त गरिनेछ ।
(३) उपदफा (१) बमोजिम उपलब्ध गराइएको सवारी इन्धन र मोबिलको बिल भरपाई पेश गर्नु पर्ने छैन ।
(४) उपदफा (१) बमोजिम प्रधान न्यायाधीश र न्यायाधीशलाई उपलब्ध गराइएको सवारी साधन खरिद भएको मितिले बाह्र वर्षमा नबढ्ने गरी प्रधान न्यायाधीश र न्यायाधीश अवकाश नभएसम्म प्रयोग गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिमको सुविधा प्रधान न्यायाधीश र न्यायाधीशलाई निजको कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म दिइनेछ ।
(६) उपदफा (४) बमोजिम प्रधान न्यायाधीश र न्यायाधीशले प्रयोग गरिरहेको सवारी साधन त्यस्तो न्यायाधीश अवकाश हुँदा आफैले खरिद गरी लैजान चाहेमा सो सवारी साधनको किताबी मूल्य लिई निजलाई हस्तान्तरण गरिनेछ ।
(७) उपदफा (६) बमोजिम सवारी साधनको किताबी मूल्य कायम गर्दा त्यस्तो सवारी साधनको खरिद मूल्यको दश प्रतिशत भन्दा कम नहुने गरी गर्नु पर्नेछ ।
(८) उपदफा (६) बमोजिम आफूले प्रयोग गरिरहेको सवारी साधन अवकाश हुँदा खरिद गरी लिन चाहने प्रधान न्यायाधीश र न्यायाधीशले अवकाश हुने मितिभन्दा कम्तीमा छ महिना अगावै त्यसको लिखित जानकारी सर्वाेच्च अदालतलाई गराउनु पर्नेछ ।
तर यो ऐन प्रारम्भ हुँदाका बखत कार्यरत प्रधान न्यायाधीश वा न्यायाधीशको अवकाश हुन छ महिना भन्दा कम अवधि भएमा अवकाश हुनु भन्दा अगावै त्यस्तो जानकारी गराउन बाधा पर्ने छैन ।